पाकिस्तानमा वर्षा र चट्याङले ४१ जनाको मृत्यु

काठमाडौं : पाकिस्तानमा वर्षा र चट्याङका कारण कम्तीमा ४१ जनाको मृत्यु भएको छ। शुक्रबारदेखि आइतबारसम्म भएको घटनामा २८ जनाले चट्याङ लागेर ज्यान गुमाएका हुन्। 

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार सबैभन्दा ठूलो र बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा शुक्रबारदेखि आइतबारसम्म चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ।

Dengue

बलुचिस्तान प्रान्तमा चट्याङ लागेर कम्तीमा आठजनाको मृत्यु भएको छ । प्रान्तका २५ जिल्ला वर्षाका कारण प्रभावित भएका छन् भने केही क्षेत्र डुबानमा परेका छन्।

रमजानको पवित्र महिना इद उल फित्रको बिदापछि विद्यार्थीहरू फर्किन ढिलाइ गर्दै सोमबार र मंगलबार प्रान्तका विद्यालयहरू बन्द गर्न आदेश दिइएको थियो ।

दक्षिणी सिन्ध प्रान्तमा बाढीका कारण सडक दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। ​उत्तरपश्चिमी प्रान्त खैबर पख्तुनख्वामा भारी वर्षाका कारण घर भत्किँदा चार बालबालिकासहित आठ जनाको मृत्यु भएको छ ।  

प्रधानमन्त्री शहबाज शरिफले एनडीएमएलाई प्रान्तहरूसँग समन्वय गर्न निर्देशन दिए। पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जरदारीले स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै चट्याङका घटनामा वृद्धि हुनुमा जलवायु परिवर्तनसम्बन्धी घटनालाई जिम्मेवार मान्न सकिने बताए।

पाकिस्तान अप्रत्याशित मौसमी ढाँचाका साथै प्रायः विनाशकारी मनसुनी वर्षाको जोखिममा छ। एनडीएमएले आगामी दिनमा थप वर्षा हुने भएकाले पहिरो र आकस्मिक बाढीको चेतावनी दिएको छ।

पाकिस्तानमा सामान्यतया जुलाईमा मनसुनी वर्षा हुन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार