विजयी सुरुवात गरेको नेपाल कतारको सामना गर्दै

काठमाडौं : एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको नेपालले शनिबार दोस्रो खेल खेल्दैछ । शुक्रबार भएको पहिलो खेलमा मलेसियालाई पाँच विकेटले हराएको नेपालले शनिबार कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

ओमानमा जारी प्रतियोगितामा शनिबार दिउँसो ४:१५ बजे नेपालले कतारको सामना गर्नेछ । शुक्रबार मलेसियाविरुद्धको पहिलो जितसँगै नेपालले समूह ‘ए’ मा २ अंक जाडेको छ ।

Dengue

नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार