राजस्थानको पहिलो हार

काठमाडौं : आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ। गएराति भएको खेलमा गुजरात टाईटन्सले राजस्थानलाई ३ विकेटले हरायो। 

राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो।

Galaxy

अन्तिम ओभरमा १५ रन चाहिएकोमा रासिद खानले आवेश खानको पहिलो तीन बलमा ४, २ र ४ रन प्रहार गरे। चौथो बलमा उनले एक रन लिए भने पाँचौं बलमा ३ रन लिने क्रममा राहुल टेवाटिया रन आउट भए। अन्तिम बलमा २ रन चाहिएको अवस्थामा रासिदले चौका प्रहार गरेपछि गुजरातले खेलमा रोमान्चक जित निकाल्यो। 

गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ७२ रन बनाए। यस्तै ओपनर साई सुदर्शनले ३५ तथा रासिदले  २४ रन बनाए भने टेवाटियाले २२ रन जोडे।राजस्थानका लागि कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए। आवेश खानले १ विकेट लिए।

त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट मात्र गुमाएर १ सय ९६ रन बनायो। राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाए । कप्तान संजु स्यामसनले ६८ रन जोडे। त्यस्तै यशसस्वी जैसवालले २४ रन बनाए।  गुजरातका लागि उमेश यादव, रासिद र मोहित शर्माले समान १ विकेट लिए।

जित पछि गुजरात ६ खेलमा ६ अंक सहित छैठौं स्थानमा छ। राजस्थान ५ खेलमा ८ अंक सहित शीर्ष स्थानमा छ। 

प्रतियोगितामा आज मुम्बई इंडियन र रोयल च्यालेन्जर्स बेंगलूरु बीच खेल हुनेछ। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार