धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज पोखरा अवतरण, फेरि काठमाडौं उड्न लाग्दा आउन मानेनन् यात्रु

पोखरा : धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज पोखरा अवतरण भएको छ ।

जहाजमा प्राविधिक समस्या देखिएपछि डाइभर्ट गरेर पोखरा विमानस्थलमा आपत्कालीन अवतरण गरिएको हो ।

Dengue

धनगढीबाट बिहान ९ः१५ बजे उड्ने भनिएको जहाज १० बजे उडेको थियो । सामान्य प्राविधिक समस्या देखिएकाले पोखरा डाइभर्ट गर्नुपरेको जानकारी गराइएको थियो ।

श्री एयरलाइन्सको पोखरा इन्चार्ज नवदीप केसीका अनुसार इन्डिकेटरमा समस्या देखिएका कारण काठमाडौं उडेको जहाजलाई डाइभर्ट गरी पोखरा अवतरण गरिएको हो ।

इन्जिनियरद्वारा प्राविधिक चेकजाँच भइसकेर काठमाडौं उड्न लाग्दा धनगढीबाट आएका यात्रुले नमानेको एयरलाइन्सले जनाएको छ ।

यात्रुहरू अहिले पोखरा विमानस्थलमै छन् । यात्रुहरु अर्को जहाजको प्रतिक्षामा छन् ।

एक साताअघि पनि धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सकै जहाज भैरहवामा आपत्कालीन अवतरण भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार