पोखरा : गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गर्न दलहरूलाई सात दिनको समय दिएका छन् । प्रदेश प्रमुख भट्टले २७ चैतभित्र संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमत पुर्याउन सक्ने प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न आह्वान गरेका हुन् ।
सो दिन दिउँसो ३ बजेसम्मको समय दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढेको हो ।
नेकपा एमाले र माओवादी केन्द्र राप्रपासँग मिलेर सरकार बनाउन प्रयासरत छन् ।
प्रतिक्रिया दिनुहोस्