आयरल्याण्ड उल्भ्सविरुद्ध आज पहिलो एकदिवसीय खेल्दै नेपाल

काठमाडौं : नेपाली ‘ए’ क्रिकेट टिमले बुधबार ट्वान्टी-२० र एकदिवसीय शृंखलाका लागि नेपालमा रहेको आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दैछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे शुरु हुनेछ। 

यसअघि नेपाली टिमविरुद्धको ट्वान्टी-२० शृंखला आयरल्याण्ड उल्भ्सले २-१ ले जितेको थियो। 

Dengue

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ घरेलु समर्थकमाझ शृंखलामा सुखद सुरुआतको लक्ष्यमा छ ।

शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

नेपाल ‘ए’ सँगको खेलअघि उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो। दुवै खेलमा उल्भ्स पराजित भएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार