आयरल्यान्ड ‘ए’ विरुद्ध शृंखला : नेपालले जितका लागि दियो २१४ रनको लक्ष्य

काठमाडौँ : टी-२० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ ले जितका लागि २१४ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित  त्रिवि क्रिकेट मैदानमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१३ रन बनाएपछि आयरल्याण्ड ‘ए’ ले जितका लागि रनको लक्ष्य पाएको हो।

Dengue

नेपालका लागि आरिफ शेखले सर्वाधिक अविजित ९३ रन बनाए। उनले ४८ बल खेलेर ६ छक्का र ७ चौका हान्दै रन बनाए। आरिफ शेखले २९ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए।

राशिद खानले २४ रन बनाए भने कमलसिंह ऐरीले ७ बलमा १ छक्का र २ चौका हान्दै अविजित १९ रन बनाए।

घरेलु टोली नेपाल ‘ए’ ले टी-२० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ ले टस जितेर फिल्डिङ गर्ने भएपछि पहिले ब्याटिङ गरेको थियो।

नेपालको ब्याटिङको ओपनिङ गरेका लोकेश बम ७ बलमा ८ रन र अर्का ओपनर देव खनाल ७ बलमा नै ६ रन बनाएर आउट भए।

नेपाल ‘ए’ ले कप्तान विनोद भण्डारीका रुपमा तेस्रो विकेट गुमाएको थियो। उनले ८ बलको सामना गरेर ११ रन बनाउँदै फियोन ह्यान्डको बलमा बोल्ड भए। यतिवेला नेपालको स्कोर ५ ओभरमा ३५ रन थियो।

बशिर अहमदका रुपमा नेपाल ‘ए’ को चौथो विकेट खस्यो। उनले २१ बल खेलेर ३ चौका हान्दै १९ रन बनाएर गेविन होएको एलबिडब्ल्यू धरापमा परे। उनी आउट हुँदा नेपालको स्कोर १० ओभर २ बलमा ८० रन थियो।

१५औँ ओभरमा पवन सराफका रुपमा नेपालको पाँचौँ विकेट खसेको १ बलपछि नै अर्का ब्याट्सम्यान नारायण जोशी पनि आउट भए। १ बलमा १ रन बनाएका नारायण रनआउट भए।

यतिवेला नेपालको स्कोर १५ ओभर ३ बलमा ६ विकेटको क्षतिमा १२१ रन थियो।

१३ बलमा ३ छक्का हान्दै २४ रन बनाएका राशिद खानका आउट हुँदा नेपालको सातौँ विकेट खसेको थियो। १८औँ ओभरमा उनी आउट हुँदा नेपालको कुल स्कोर १६७ रन थियो। 

आयरल्याण्ड ‘ए’ का लागि फियोन ह्याण्डले २ विकेट‚ लियाम म्याककार्थी‚ म्याथ्यू फोस्टर‚ गारेथ डेलानी र गेविन होएले १/१ विकेट लिए।

अघिल्ला दुवै खेलमा पराजित हुँदै शृंखला गुमाइसकेको नेपाल सान्त्वना जितको लक्ष्यमा छ। 

यसअघि भएका दुई खेलमा नेपाल ‘ए’ २१ रन र ४० रनले पराजित भएको थियो।

आयरल्यान्ड ‘ए’ भने आजको खेल पनि जितेर शृंखला ‘क्लिन स्विप’ गर्ने सुरमा छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार