पञ्जाबमा बर्थडे केक खाँदा १० वर्षीया बालिकाको मृत्यु

चण्डीगढ : पञ्जाबको पटियालामा आफनै जन्मदिनको केक खाँदा मानवी नाम गरेकी एक दश वर्षिया बालिकाको मृत्यु भएको छ । जन्मदिनको केक अनलाइनबाट अर्डर गरिएको थियो ।

यस मामिलामा उक्त केक बनाउने कान्हा बेकरीका मालिक विरुद्ध एफआईआर दर्ता गरिएको छ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ ।

Dengue

सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा मानवी मृत्यु हुनुभन्दा केही घण्टाअघि केक काटेर आफनो परिवारसँग उत्सव मनाउँदै गरेको देखिन्छ । यो घटना मार्च २४ को साँझको हो ।

बालिकाका हजुरबुवाका अनुसार उक्त दिन साँझ ७ बजे बालिकाको जन्मदिनको उत्सव मनाइएको थियो । केक खाएपछि राति १० बजेसम्म घरका सबै जना बिरामी परे ।

दुई छोरीहरुले बान्ता गर्न थाले । बान्तापछि कान्छी छोरी प्रेमन बाँचिन् । तर मानवीको स्वास्थ्य झनै बिग्रयो । उनलाई तत्कालै अस्पताल पनि लगियो । तर बचाउन भने सकिएन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार