ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु

भारत : भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा १० जनाको मृत्यु भएको छ ।

सङ्घीय मन्त्री जितेन्द्र सिंहले सडक दुर्घटनाको सूचना पछि रामबनका उपआयुक्त बसीर–उल–हकसँग कुरा गरेको र आफू निरन्तर सम्पर्कमा रहेको बताएका छन् । उनले रामबन क्षेत्रमा भएको दुर्घटनाबाट आफू दुःखित भएको बताउँदै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।

Dengue

प्रहरी, राज्य विपद् प्रतिक्रिया बल र नागरिक द्रुत प्रतिक्रिया टोलीले संयुक्त उद्धार गरेका थिए । -(रासस/एएनआई)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार