केजरीवालको गिरफ्तारीप्रति राष्ट्रसंघको चासो

एजेन्सी : संयुक्त राष्ट्रसंघले भारतको दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालका सम्पूर्ण राजनीतिक तथा नागरिक अधिकार सुरक्षित हुने आशा व्यक्त गरेको छ। 

राष्ट्रसंघले सबै नागरिक स्वतन्त्र र निष्पक्ष वातावरणमा मतदान गर्न सक्षम रहेको कुरामा जोड दिएको छ। अमेरिकी विदेश मन्त्रालयले केजरीवालको गिरफ्तारीसम्बन्धी गरेको टिप्पणीलाई लिएर भारतले अमेरिकी दूतावासका वरिष्ठ अधिकारीसमक्ष गरेको विरोधको एक दिनपछि राष्ट्रसंघको टिप्पणी आएको हो। 

Dengue

भारतीय विदेश मन्त्रालयले अन्तःशुल्क सम्बन्धी मुद्दामा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले गरेको टिप्पणीलाई अनावश्यक भन्दै आपत्ति जनाएको हो। ‘अमेरिकी विदेश मन्त्रालयको हालैको टिप्पणी अनुचित छ। हाम्रो चुनावी र कानूनी प्रक्रियामा यस्तो कुनै पनि बाह्य आरोप पूर्णरूपमा अस्वीकार्य छ’, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने। 

उनले पारस्परिक सम्मान र साझेदारी नै अन्तर्राष्ट्रिय सम्बन्धको जग हुने भर राज्यले अरूको सार्वभौमसत्ता र आन्तरिक मामिलाको सम्मान गर्नुपर्नेमा जोड दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार