गरिमा विकास बैङ्कको सिइओ बने नायब प्रमुख कार्यकारी अधिकृत उपाध्याय

काठमाडौँ : गरिमा विकास बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैङ्कको बुधबार बसेको सञ्चालक समितिको ३०४ औँ बैठकले सोही बैङ्कमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई सिइओमा नियुक्त गरेको हो ।

उपाध्यायले बैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षसम्म बैङ्कमा सिइओको जिम्मेवारी सम्हाल्ने छन् । व्यवस्थापनमा स्नातकोत्तर गरेका माधव प्रसाद उपाध्याय गरिमा विकास बैङ्कमा संस्थापना कालदेखि कार्यरत छन् । 

Dengue

विगत १५ वर्षदेखि कम्पनी सचिवको रूपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उनी बैङ्किङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन÷प्राध्यापन पेशामा संलग्न थिए ।

विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल चैत मसान्तमा समाप्त हुने भएसँगै आगामी बैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायब प्रमुख कार्यकारी अधिकृत उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । 

साथै, सोही बैठकले विकास बैङ्कमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत १५ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
काठमाडौँंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैङ्कले काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आइरहेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार