अंगुर जिसीसहित यी ८ डीएसपी एसपीमा बढुवा [सूचीसहित]

धनगढी: नेपाल प्रहरीका ८ जना (प्रहरी नायव उपरीक्षक) डीएसपीलाई (प्रहरी उपरीक्षक) एसपीमा बढुवा गरिएको छ। बुधबार प्रहरीको बढुवा समितिले ८ जना डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) टेकप्रसाद राइले जानकारी दिए।

उनका अनुसार बढुवा हुने डीएसपीहरुमा ढेकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बू र विनोद घिमिरे रहेका छन्। जसमध्ये अंगुर जिसी चर्चित अफिसर मानिन्छन्। देशकै बहुचर्चित बलात्कारपछि हत्या भएको निर्मला पन्त प्रकरणमा पनि उनले अनुसन्धान गरेका थिए।

Dengue

अनुसन्धानमात्र होइन, बलात्कार तथा हत्या प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि उनी निलम्बित पनि भए। तर पछि उनले सफाई पाएर उनको निलम्बन फुकुवा भएको थियो।

निर्मला बलात्कार-हत्यामा यातना दिएर दिलीपसिंह विष्टलाई बयान गराएको आरोपमा उनी निलम्बनमा परेका थिए। तर पछि जिल्ला अदालत कञ्चनपुरले उनलाई सफाई दिएको थियो। सफाइ पाएसँगै जिसी पुनर्वहाली भएका थिए।

हाल उनै जिसीसहितका ८ डीएसपी रिक्त रहेको एसपी पदका लागि बढुवा सिफारिसमा परेका हुन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार