विश्वकप छनोट : नेपालले खायो पाँच गोल

काठमाडौँ :  फिफा विश्वकप तथा एएफसी एशियन कप छनोट अन्तर्गत गए राति सम्पन्न दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ।

बहराइनको रिफ्फास्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाल ५-० गोलअन्तरले पराजित भएको हो। बहराइनल पहिलो हाफमै तीन गोल गरेको थियो। खेलको दोस्रो मिनेटमै महदी अल हुमाइदानले गोल गर्दै बहराइनलाई शुरूआती अग्रता दिलाएका थिए। यसपछि नवौं मिनेटमा सएद बकरले गोल गरे। यस्तै पहिलो हाफको इन्जुरी समयमा अली मदानले गोल गरेका थिए।

Dengue

दोस्रो हाफमा भने बहराइनका इब्राहिम अल खटालले ८७औं मिनेटमा गोल गर्दै ४-० को अग्रता दिलाए। यस्तै खेलको उत्तरार्धमा ९०+६ मिनेटमा इस्माइल अब्दुल्लातिफले पेनाल्टी मार्फत गोल गर्दै बहराइनलाई ५-० को जित दिलाए।

यो हारसँगै नेपाल चार टोली सम्मिलित समूह ‘एच’मा तीन खेलमा तीन हार सहित पुछारमा छ। बहराइन तीन खेलमा दुई जित सहित दोस्रो स्थानमा छ। पहिलो स्थानमा तीन खेलमा तीन जित सहित यूएई छ भने तेस्रोमा तीन खेलमा एक जित सहित यमन रहेको छ।

दशरथ रंगशालाको मैदान खेल्न उपयुक्त नभएपछि नेपालले होम एन्ड अवेका दुवै खेल बहराइनमा नै खेल्दै छ। अब नेपालको आगामी खेल पनि बहराइन विरुद्ध नै हुनेछ। मंगलबार नेशनल स्टेडियममै खेल हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार