फिफा विश्वकप २०२६ र एसियन कप छनोट :आज नेपाल र बहराइन भिड्दै

काठमाडौं :  फिफा विश्वकप २०२६ र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले बहराइनसँग खेल्दैछ।

यसअघि नेपालले बहराइनसँगको होम खेल आज त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्ने तय थियो। 

Dengue

तर एसियाली फुटबल महासङ्घ (एएफसी) का प्रतिनिधिले दशरथ रङ्गशालाको निरीक्षण गरी विश्वकप छनौटका खेल खेल्न नमिल्ने बताएपछि नेपालले होम एण्ड अवे दुवै खेल  बहराइनमा खेल्ने भएको हो। खेल नेपाली समय अनुसार राति पौन १ बजे सुरु हुने।

नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको‌ थियो। समूह ‘एच’ मा २ खेल खेलिसके पनि नेपाल अंकविहीन छ। समूहमा नेपाल, बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स युएई छन्। नेपालले यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो।

बहराइनले ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। युएईसँग २–० ले पराजित बहराइनले यमनमाथि २–० को जित निकालेको थियो।

मलेसिया एउटा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली बहराइन पुगेको हो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार