पूर्वाधारमा लगानी आवश्यक‚ तत्काल ठूला प्रतियोगिता हुन कठिन : आईसीसी अध्यक्ष

काठमाडौँ : अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले तीनदिने नेपाल भ्रमण निकै उपलब्धिमूलक रहेको उल्लेख गरे पनि तत्काल नेपालमा ठूला क्रिकेट प्रतियोगिताहरु आयोजना हुन नसक्ने बताएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा आईसीसी अध्यक्ष बार्कलेले प्रतियोगिताहरु आयोजना गर्न अझै धेरै पूर्वाधारको विकास हुनु आवश्यक रहेकाले तत्काल नेपालमा कुनै पनि ठूला आयोजना हुन नसक्ने बताएका हुन्। 

Dengue

तीनदिने भ्रमणका लागि नेपाल आएका बार्कलेले पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेटको विद्यमान अवस्थाबाट भने आफू निकै प्रभावित भएको बताएका छन्। उनले आफ्नो भ्रमण उपलब्धिमूलक र धेरै सकारात्मक भएको उल्लेख गर्न छुटाएनन्। 

अध्यक्ष बार्कलेले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र क्यानका पदाधिकारीहरुसँग भेटपछि नेपाली क्रिकेटको भविष्य राम्रो रहेको प्रतिक्रिया पनि दिएका छन्। 

नेपाल बसाइका क्रममा उनले त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मूलपानी मैदानको समेत अवलोकन गरेका थिए। 

क्रिकेटको विकासका लागि पूर्वाधारमा लगानी आवश्यक रहेको बताउँदै उनले नेपालका मैदानबाट आफू खुशी भएको पनि बताए।

बार्कलेले अभ्यास मैदान, लाइट र हाइपरफर्मेन्स एरियाको भने तत्काल निर्माण थाल्न सुझाएका छन्। आफ्नो नेपाल भ्रमणले नेपाल क्रिकेट संघ र आईसीसी दुवैलाई फाइदा पुग्नेसमेत उनले उल्लेख गरेका छन्। 

उनले नेपालमा क्रिकेट शृंखलाहरू आयोजना गर्न दिन क्रिकेट संरचनाका न्यूनतम मापण्ड पूरा हुनुपर्ने र ती मापदण्ड पूरा भए अन्तरराष्ट्रिय टोलीहरुले पनि नेपालमा श्रृंखला खेल्ने बताए। 

उनले नेपाल न्युट्रल भेन्यूका रूपमा पनि विकास हुनसक्ने विश्वास व्यक्त गरे। आईसीसीको पूर्ण सदस्य राष्ट्रको मान्यताप्राप्त गर्न केही मापदण्ड पूरा गर्नुपर्ने समेत उनले उल्लेख गरे। आयरल्याण्डजस्ता राष्ट्रले पनि सोही मापदण्ड पूरा गरेर पूर्ण सदस्य राष्ट्र बनेको धारणा उनले राखे।

क्यानका सचिव पारस खड्काले ठूलाठूला आईसीसीका प्रतियोगिताहरू आयोजना गर्न नेपाल तयार रहेको आईसीसीलाई जानकारी गराएको उल्लेख गर्दै सरकार पनि संरचना निर्माणमा सकारात्मक रहनु सुखद् पक्ष रहेको बताए। 

उनले क्रिकेटका ठूला राष्ट्रसँग नेपालको सहकार्य बढाउन पहल गर्ने आईसीसीका अध्यक्षबाट अपेक्षा व्यक्त भएको खुलाए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार