खेलकुदमन्त्री श्रेष्ठलाई च्यालेन्ज दिदैं ८ जना पनि गए बहराइन, राखेपले पनी रोक्न सकेनन् एन्फाको मनपरी

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विदेश भ्रमणमा जान रोकेका अखिल नेपाल फुटबल संघ (एन्फा) का ८ जना पदाधिकारी युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेपलाई अटेरी गर्दै अन्ततः बहराइन गएरै छाडेका छन्।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ का आधारमा राखेपले एन्फाका १० मध्ये ८ पदाधिकारीलाई विदेश जान स्वीकृति दिएको थिएन।

Dengue

तर आठैजना पदाधिकारी त्रिभुवन विमानस्थलबाट बराइनतर्फ प्रस्थान गरेको युवा तथा खेलुकद मन्त्रालय स्रोतले बताएको छ। स्रोतका अनुसार मन्त्रालयले १० मध्ये २ जना पदाधिकारीलाई मात्र जान स्वीकृति दिएको तर सबै जना बहराइनतर्फ लागेको जानकारी पाएकाले त्यसबारे सोधपुछ गरेको छ।

एन्फा स्रोतले भने मन्त्रालयकै निर्देशनअनुसार ८ पदाधिकारी त्यसतर्फ प्रस्थान गरेको दावी गरेको छ।

राखेपले फिफा विश्वकप २०२६ छनोटका लागि बहराइन जान १० सदस्यमा एकजना चिकित्सक र एकजना पत्रकारलाई मात्र स्वीकृति दिएको भए पनि युवा तथा खेलकुद मन्त्रालय, राखेप, गृह मन्त्रालय र अध्यागमन विभागलाई छल्दै एन्फाले दशैजना पदाधिकारीलाई बहराइन पठाएको हो।

बहराइन जाने टोलीमा एन्फा कार्यसमिति सदस्यद्वय टीका लामा र मणिराज विष्ट छन्। 

राजकाजी श्रेष्ठ (श्री भगवती क्लब), शेरबहादुर बस्नेत (झापा जिल्ला फुटबल संघ), रञ्जन कार्की (अध्यक्ष उदयपुर जिल्ला फुटबल संघ), दोलेशकुमार केसी (खालीबारी युवा क्लब), रामचन्द्र लामा (अध्यक्ष बारा जिल्ला फुटबल संघ), महेशचन्द्र महत (जावलाखेल युथ क्लब) को नाम पनि जाने टोलीमा छ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरीत १० जना पदाधिकारीलाई मलेशिया भ्रमणमा पठाएको भन्दै गत बुधवार एन्फालाई कारबाही गर्न युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई पत्र पठाएको थियो।

त्यसपछि एन्फाले बहराइन जान एकजना पदाधिकारीको नाम राखेपमा पठाएको थियो। राखेपले पदाधिकारीको अनावश्यक भ्रमणमा रोक लगाएको थियो।

२३ जना खेलाडीसँगै एन्फाले मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसका साथै प्रवेश कटुवाल (सहायक प्रशिक्षक), विनोद डंगोल (गोलकिपर प्रशिक्षक), मनीष तिम्सिना (गोलकिपर प्रशिक्षक), उत्तमराज भण्डारी (टिम व्यवस्थापक), लोकेन्द्र कुँवर (फिजियो), ज्ञानबहादुर राई (किट व्यवस्थापक) का लागि पनि स्वीकृति मागेको थियो।

मलेशिया गएका उनीहरु सबैजना त्यहीँबाट बहराइन पुगिसकेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार