ओछ्यानमा पल्टने बित्तिकै निद्रा निन्द्रा कसरी लगाउने !

एजेन्सी : निद्रा नलाग्नु भनेको एउटा ठूलो समस्या हो । लामो समय निद्रामा समस्या आउँदा अन्य मानसिक तथा शारीरिक समस्याहरु देखिन थाल्छन् । त्यसैले समयमा र आवश्यक निद्रा लिन एकदमै जरुरी हुन्छ ।

कतिपयलाई सुते पनि निदाउन एकदमै समस्या हुने गर्छ । त्यस्तो अवस्थामा तपाईं केही उपायहरु अपनाउनुभयो भने समयमै निद्रा लाग्नेछ-

Dengue

ओछ्यानलाई खाली राख्ने
राम्रो निद्राका लागि सुत्ने क्रममा ओछ्यानमा सिरानी तथा सिरक, ब्ल्यांकेट बाहेक अन्य केही सामान नराख्नुहोस् । यसबाहेक ओछ्यानमा खानबाट पनि बच्नुपर्छ ।

आराम गर्ने
रातमा सुत्नुअघि शरीरलाई आराम गर्न दिनुहोस् । शरीरलाई त्यस्तो पोजिशनमा राख्नुहोस् जसले गर्दा शरीरले सुत्ने समय भएको छ भन्ने बुझोस् ।

नुहाउने
धेरै थकान तथा फोहोर शरीरमा पनि निद्रा नलाग्न सक्छ । त्यसैले सुत्नुअघि मनतातो पानीले नुहाउनुहोस् । यसले राम्रो निद्रा लाग्नेछ ।

फोन प्रयोग नगर्ने
रातमा सुत्नु अघि ल्यापटप, कम्प्यूटर वा मोबाइलको प्रयोग नगर्नुहोस् । यी सामग्रीहरु प्रयोग गरिरहेको वा गरेको तुरुन्तै अवस्थामा पनि निद्रा लाग्दैन । किनकी यसले दिमागलाई अन्य काममा लगाइरहेको हुन्छ ।

ध्यान गर्ने
यदी तपाईंलाई सुत्न तथा निदाउन एकदमै समस्या हुने गर्छ भने तपाईं ध्यान गर्न सक्नुहुन्छ । ध्यानले मन तथा दिमाग शान्त हुन्छ जसले गर्दा राम्रो निद्रा लाग्छ ।

अत्यधिक नखाने
सुत्नुअघि धेरै खाँदा पनि सुत्न तथा निद्रा आउन समस्या हुन्छ । त्यसैले साँझको समयमा दिउँसोको तुलनामा कम खाना खानुहोस् । खाएको कम्तीमा दुई घण्टापछि मात्र सुत्नुहोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार