६८ हजारको मेकअप गराएर ब्युटी पार्लरबाट बेहुली फरार !

एजेन्सी : ६८ हजारभन्दा बढीको मेकअप गराएर हुनेवाली एउटी बेहुली बिल नतिरिकन ब्युटी पार्लरबाट भागिन् । दुई सातापछि उनको बिहे थियो र उनी बिहेको तयारीको सिलसिलामा मात्र पार्लर आएकी थिइन् ।पार्लरकी मालिक महिलाले बिल नतिरेको भन्दै प्रहरीमा उजुरी गरेपछि प्रहरीले महिलाको खोजी सुरु गरेको छ । प्रहरीले अहिले महिलाको तस्बिर पनि सार्वजनिक गरेको छ ।

डेली स्टारको रिपोर्टका अनुसार यो कुरा बेलायतको योर्क शहरको हो जहाँ शार्लोट ब्रिजेस नामकी महिलाले आफ्नै ब्यूटी सैलुन चलाउँछिन् । शार्लोटले सेप्टेम्बर २८ मा एक महिलाले उनलाई म्यासेज गरेर तत्काल अपोइन्टमेन्ट बुक गरेको बताइन् । उनले आफू विवाह गर्न लागेको भन्दै बोटोक्स र ओठ फिलर गराउन चाहेको दाबी बताइन् ।

Dengue

शार्लोटले महिलाको ट्रिटमेन्ट सुरु गरिन्, जुन करिब २ घण्टासम्म चल्यो। ट्रिटमेन्टअघि उनले महिलाका केही तस्बिरहरू क्लिक गरेकी थिइन्, ताकि पछि देखाउन सकियोस् कि मेकअप कति सुन्दर भएको छ। तर ट्रिटमेन्टपछि महिला त्यहाँबाट भागेकी थिइन् । उनले एक रुपैया पनि दिइनन् । उनीसँगै अर्की केटी पनि थिइन्, जसलाई उसले बहिनी भनेर बोलाइरहेकी थिई ।

ब्यूटी सैलुनकी सञ्चालक शार्लोटका अनुसार केटीले बाहिर निस्कँदा आफू र बहिनीको मेकअपको पैसा तिर्न कारबाट झोला ल्याउन जान लागेको बताएकी थिइन् । तर उनी फर्किइनन् । केही समयपछि उनकी बहिनी उनलाई हेर्ने बहानामा पार्किङमा गइन् र दुवै जना त्यहाँबाट भागे ।

शार्लोट भन्छिन् कि यो सबै देखेर म छक्क परें। ती दुवै महिलाको करिब ४५० पाउण्ड बिल आयो तर नदिई भागे । मैले मेरो जीवनमा यस्तो कहिल्यै देखेको छैन। यस्तो व्यवहार ग्राहकहरुबाट अपेक्षा गरिएको थिएन।

यस घटनापछि शार्लोटले नर्थ योर्कशायर प्रहरीलाई सम्पर्क गरिन् । प्रहरीले आरोपित युवतीको खोजी सुरु गरेको छ । अघिल्लो दिन प्रहरीले युवतीको पहिचान भइसकेको बताए पनि सोधपुछ वा हिरासतमा लिइएको भने प्रहरीले जनाएको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार