रुसी सैन्य विमान दुर्घटनामा १५ जनाको मृत्यु

 एजेन्सी : रुसको उत्तरपूर्वी इभानोभो क्षेत्रको कब्रिस्तान नजिकै रुसी सैन्य कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। 

उडानपछि विमानको एउटा इन्जिनमा आगो लागेपछि आइएल–७६  विमान जङ्लमा खसेको जनाएको छ।

Dengue

सैन्य कार्गो विमान दुर्घटना हुँदा जहाजमा आठ जना चालक दलका सदस्य र सात यात्रु सहित १५ जना थिए। अझैसम्म यात्रुहरूको परिचय तथा गन्तव्य भने स्पष्ट हुन सकेको छैन।

‘मस्कोको स्थानीय समयअनुसार दिउँसो एक बजे  एक आइएल–७६  सैन्य यातायात विमान इभानोवो क्षेत्रमा निर्धारित उडानको लागि टेकअफ गर्दा दुर्घटनाग्रस्त भएको सरकारी समाचार संस्था तासले जनाएको छ। 

इन्जिनमा आगलागी लागेका कारण दुर्घटनाको भएको मन्त्रालयले  विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

चालकहरूले आपतकालीन अवतरणका लागि एयरफिल्डमा फर्कने प्रयास गरे पनि उनीहरूको उक्त प्रयास सफल नभएको मन्त्रालयले जनाएको छ। 

यो दुर्घटना यो वर्षको दोस्रो आईएल– ७६ दुर्घटना हो। सन् २०२४ को जनवरी २४ मा युक्रेनी सशस्त्र बलले ६५ युक्रेनी युद्धबन्दीसहित ७४ जना यात्रु बोकेको विमान खस्दा सबैको मृत्यु भएको थियो। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार