होटलमा बेहाेस अवस्थामा भेटिएकी युवतीकाे मृत्यु

जनकपुरधाम : जनकपुरधामस्थित एक होटलमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ।

प्रहरीका अनुसार सिटी स्टार फैमली होटलमा बेहोस भेटिएकी पोखराको मियाँ टोल बस्ने २७ वर्षीया खुस्बु सुनारको मृत्यु भएको हो।

Dengue

प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए।

छेउकै कोठामा बस्ने व्यक्तिले युवतीलाई बेहोस देखेपछि होटेल सञ्चालकलाई खबर गरेका थिए। त्यसलगत्तै युवतीलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याइएकोमा मृत्यु भएको प्रवक्ता अवाले जानकारी दिए।

सोमवार बेलुकी ती युवती होटलमा आएकी थिइन्। उनीसँगै एकजना युवक पनि होटलमा आएकोमा उनी अहिले फरार रहेको प्रवक्ता अवाले बताए।

घटनापछि उनको श्रीमानसहित परिवारका सदस्यलाई खबर गरिएको प्रहरीले जनाएको छ।युवती करिब ३ महिनादेखि धनुषाकै महेन्द्रनगरमा बस्दै आएकी थिइन्।

युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पतालमै राखिएको छ भने फरार भएका युवकको खोजीसँगै घटना विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार