जब बिरालो बिरामी बच्चा मुखमा च्यापेर डाक्टर खोज्दै अस्पताल पुगेपछि…..

एजेन्सी : सामाजिक संजालमा पछिल्लो समय एउटा घटना निकै चर्चामा छ । यो घटनाका केही फोटोहरु सार्वजनिक भएका छन् । फोटोमा एउटा बिरालो आफ्नो बिरामी बच्चालाई मुखमा च्यापेर उपचारको लागि डाक्टर खोज्दै अस्पताल पुगेको छ । घटना टर्कीको इस्तानबुल शहरको हो । बिरालो र उसको बच्चाको फोटो ट्वीटर युजर ओजकनले शेयर गरेका हुन् ।

बिरालो आफ्नो बच्चालाई लिएर अस्पताल पुग्दा अस्पतालका स्वास्थ्यकर्मी पनि त्यहीँ थिए । फोटो पोस्ट गर्दै ओजकनले लेखेका छन् ‘आज हामी इमरजेन्सी रुममा थियौं ।

Dengue

त्यही बेला एउटा बिरालोले आफ्नो बच्चालाई मुखमा च्यापेर लिएर आयो ।’ बिरालो बच्चालाई लिएर अस्पताल पुगेपछि स्टाफले उनलाई खाना दिन्छन् र बच्चालाई लिएर उपचारको लागि भित्र जान्छन् । यो पोस्ट ट्वीटरमा निकै चर्चामा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार