कैलाली : त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपाल र हङकङविरुद्धको खेल वर्षाका कारण रोकिएको छ । हङकङले ५ ओभरमा ४३ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो । नेपालले आजको खेलमा पनि टस जितेर पहिला बलिङ रोजेको छ ।
हङकङविरुद्ध नेपाललाई सफलता तीव्र गतिका बलर करण केसीले दिलाए । उनले पहिलो बलमै मार्टिन कोएत्जीलाई शून्यमै आउट गरे । नेपालले आज पनि टस जितेर पहिला बलिङ गरिरहेको हो । नेपालले आज प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ ।
नेपालले शनिबार हङकङसँग मैत्रीपूर्ण खेल खेलेका राशिद खान, सागर ढकाल र आकाश चन्दलाई बाहिर राखेर लोकेश बम, करण केसी र अविनाश बोहरालाई मौका दिएको हो ।
प्रतिक्रिया दिनुहोस्