एजेन्सी : आमालाई छोरीको सबैभन्दा नजिकको व्यक्ति मानिन्छ । तर, अमेरिकाका टेक्सासमा एक आमालाई त्यतिबेला गहिरो धक्का लाग्यो जब उनले एउटा म्यागजिनको कभरमा आफ्नी छोरीको पहिलो पटक आफ्नी छोरीको नाङ्गो तस्वीर देखिन् । त्यतिबेला मात्रै उनलाई आफ्नी छोरी पोर्नस्टार भएको थाहा भयो ।
ती इसाइ मोडलले बताएअनुसार उनकी आमाले उनको गोप्य पोर्न करिअरको जानकारी एउटा म्यागजिनको अगाडिको कभरमा छापिएको नग्न तस्वीर देखेपछि पाइन् । यी पोर्नस्टारको नाम एडिसन सिन्स हो । यी मोडलका अनुसार उनको समुदायले उनको यो कामबारे थाहा पाएपछि उनलाई धार्मिक समुदायबाटै निष्काशित गरियो । यी मोडलले १९ वर्षको उमेरमा घर र परिवारबाट बाहिर निस्केर एडल्ट फिल्ममा काम गर्न सुरु गरेकी थिइन् ।
डेली मिररमा प्रकाशित रिपोर्टअनुसार यी मोडल केही समयसम्म आफ्नो कामलाई परिवारबाट गुप्त राख्न सफल भएकी थिइन् । तर, उनकी आमाले एक म्यागजिनको कभरमा उनको नग्न फोटो देखेपछि भने यो सबैको पोल खुल्यो । एडिसनका अनुसार त्यो उनको पहिलो कभर फोटोसुट थियो । उत्साहमा उनले म्यागजिनको एक प्रति पठाउनको लागि आफ्नो घरकै ठेगाना दिइन् जहाँ उनका मातापिता पनि बस्थे ।
एडिसनका अनुसार उनकी आमाले खाम खोलेर म्यागजिनको कभरमा उनको नग्न फोटो देखेपछि घरमा प्रलय आएको थियो । एडिसनको पालनपोषण सेलिना नामको सानो सहरमा निकै धामिृक समुदायको आश्रय भएको स्थानमा भएको थियो । उनीहरु हरेक आइतबार र बुधबार चर्च जान्थे । हरेक रात पारिवारिक डिनर गर्थे । एडिसनलाई सेलफोन र मेकअप गर्ने अनुमति थिएन । उनी साथीहरुसँग बाहिर जान सक्दिनथिन् ।
एडिसनका अनुसार उनले केवल १९ वर्षको उमेरमा एक किशोरीको रुपमा विद्रोह गरेकी थिइन् किनकि उनी साथीहरुसँग मदिरा पिउनको लागि बाहिर जान चाहन्थिन् । एडिसनका अनुसार पोर्न फिल्म बनाउन सुरु गर्नुभन्दा पहिले उनले केवल एक युवकसँग शारीरिक सम्बन्ध राखेकी थिइन् र त्यस क्रममा उनी कत्ति पनि आत्तिएकी थिइनन् किनकि उनी यसको लागि प्रतिक्षा गर्न सक्दिनथिन् ।
प्रतिक्रिया दिनुहोस्