रक्सी खाएर दुई साथीबीच लिंग नाप्ने प्रतियोगिता, आफ्नोभन्दा लामो भएपछि बञ्चरोले काटिदिए

एजेन्सी : रक्सी खाएपछि अति मिल्ने साथीहरुबीच पनि झगडा हुने गरेको हामीले सुनेका छौं । त्यस्तो झगडाका विषयहरु विभिन्न हुन्छन् । तर, दुई साथीहरुबीच आ–आफ्नो लिंगको लम्बाइको विषयमा यस्तो झगडा पर्यो कि एक साथीले अर्का साथीको लिंग बञ्चरोले काटिदिए । रुसको उराल क्षेत्रको बश्कोर्तोस्तानमा एक साथीले अर्का साथीको लिंग बञ्चरोले काटिदिएका हुन् । इभिनिङ स्ट्यान्डर्डको रिपोर्टअनुसार यी दुई बाल्यकालदेखिकै साथी हुन् ।

रिपोर्टअनुसार ५२ वर्षका एक व्यक्ति ४७ वर्षका साथीसँग बसेर रक्सी पिउँदै थिए । नशाको तालमा यी दुई साथीहरुबीच लिंगको लम्बाइ नाप्ने प्रतियोगिता गर्ने निर्णय भयो । यस्तोमा ४७ वर्षका साथीको लिंगको लम्बाइ ५२ वर्षका साथीको भन्दा बढी पाइयो । यही कुराले यी दुईबीच झगडा सुरु भयो । झगडाका क्रममा ५२ वर्षका साथी यतिसम्म रिसाए कि उनले ४७ वर्षका साथीको लिंग बञ्चरोले काटिदिए ।

Dengue

जानकारी अनुसार यी दुईजना २ दिनदेखि लगातार रक्सी पिइरहेका थिए । घाइते व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ , उनको उपचार भइरहेको छ । बञ्चरोको चोटले उनको गुप्तांगमा ठूलो घाउ भएको छ । पुलिसले आरोपीलाई पक्राउ गरेको छ । आरोपीले रिसको झोंकमा पहिले साथीको टाउकोमा बञ्चरोले हानेको र त्यसपछि गुप्तांग काटिदिएको पुलिसले बताएको छ ।

पीडितले चिच्याएको सुनेपछि छिमेकीले पुलिसलाई फोन गरेका थिए त्यसपछि पीडितलाई उद्धार गरेर अस्पताल भर्ना गरिएको थियो । उनको टाउकोमा पनि गम्भीर चोट लागेको छ । आरोपी दोषी ठहरिएमा उनलाई रुसको कानुनअनुसार ८ वर्षसम्म जेल सजाय हुन सक्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार