मेरो काम हेर्न अझै केही दिन धैर्य गर्नुस् : गृहमन्त्री रवि

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो काम हेर्न केही दिन धैर्य गर्न आग्रह गरेका छन्। मन्त्री भएको ३ दिन पछि आज पहिलो पटक सामाजिक सञ्जालमा उनले आफू केही समय आन्तरिक तयारीमा रहेको जानकारी गराएका हुन्।

शिवरात्रि, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिँदै उनले आफू योजनासहित पदमा फर्केको दाबी गरेका छन्। “चेक लिस्ट“ सहित आएका  छौँ। ‘कम्प्रोमाइज’ हुन्न। केही समय “होम वर्क“ मा रहनेछौँ।’ गृहमन्त्री लामिछानेले फेसबुकमा लेखेका छन्। 

SHIKHAR COOL TECH

यसअघि पुस १० गते भएको सत्ता समीकरणमा हालकै पदमा ४२ दिन रहँदा लामिछानेले गृह मन्त्रालयबाट डेलिभरी दिनेगरी काम सुरु गरेको दाबी गरेका थिए। गृहमन्त्रीको पदभार ग्रहण गर्नेक्रममा अस्ति उनले आफू थप निखारिएर पदमा पुनर्वहाली भएको बताएका थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार