काठमाडौं : नागरिक उन्मुक्ति पार्टीले नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारलाई तत्काल समर्थन नगर्ने भएको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टीका अध्यक्ष रेशमलाल चौधरीले अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरेएको जानकारी दिए ।
केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको उनको भनाइ थियो ।वर्तमान गठबन्धन र नयाँ सरकारको गतिविधिलाई नियालेरमात्रै आवश्यक निर्णय लिने अध्यक्ष चौधरीले बताए ।
यद्यपि सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीको दाबी भने कायमै रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्