काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रतिपक्षमा पुगेको कांग्रेसले आगामी रणनीति बनाउन बैठक बोलाएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले बिहीवार बिहान ९ बजे संसदको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम, संसदमा पार्टीको भूमिकालगायत विषयमा छलफल हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग मिलेर नयाँ गठबन्धन बनाएपछि संसदको सबैभन्दा ठुलो दल कांग्रेस प्रतिपक्षमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्