श्रीमतीलाई भेट्न ससुराली गएका बैतडीका हवल्दार उतै अस्ताए !

धनगढी : बैतडी घर भएका सशस्त्र प्रहरीका सहायक हवल्दार दार्चुलामा मृत फेला परेका छन्।

३० वर्षीय सुरेन्द्र बहादुर बोहरा दार्चुलाको अपिहिमाल गाउँपालिका २ मा मृत फेला परेका हुन्। उनी श्रीमतीलाई भेट्न ससुराली गएका थिए।

Dengue

दुई/तीन दिन अगाडी बिदा लिएर गएका बोहरा आइतबार बिहान करिब ९ बजेतिर ससुराली नजिकै झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी शिव सिंहले जानकारी दिए।

बोहराकी श्रीमती गाउँपालिका स्वास्थ्यमा कार्यरत थिइन्।बैतडीको पुर्चौडी नगरपालिका ३ घर भएका बोहरा कञ्चपुरको बह्रमदेवस्थित विओपीमा कार्यरत थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार