आज पनि सिंहदरबार र बानेश्वरका पेटीमा बटुवालाई निषेध (फोटो फिचर)

 काठमाडौं  : जनतालाई सडकका पेटीमा हिँड्न रोक लगाएर सरकारले नालायकीपन देखाएको भन्दै चारैतिर विरोध भएपनि सडक पेटीको निषेध कायमै छ । बुधबार विहानैदेखि सुरक्षाकर्मीहरुले सिंहदरवार, बानेश्वर र बालुवाटारका पेटीमा सर्वसाधारणलाई हिँड्नबाट रोक लगाएका छन् । 

यी क्षेत्रको सुरक्षा व्यवस्थामा खलल पुगेको भन्दै गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख बशन्तबहादुर कुँवरले सोमबार साँझ सडक पेटीमा डोरी टांगेर बटुवालाई हिँड्न रोक लगाउनुपर्ने निर्णय गरेका थिए । यो निर्णयपछि प्रहरीले मंगलबार विहानैदेखि डोरी टांगेर निषेध क्षेत्र लेखेर सर्वसाधारणलाई हिँड्न रोक लगाएको थियो ।  
 
यो क्रमलाई आज पनि निरन्तरता दिइएको छ । लघुवित्तपीडित संघीय संसद् भवन नयाँ बानेश्वर भित्रै छिरेर प्रदर्शनमा उत्रिएपछि सरकारले डोरी टांगर निषेधित क्षेत्र घोषणा गरेको हो । प्रहरी प्रशासनले प्रशासनिक केन्द्र सिंहदरबारको पेटीमा हिँड्न पनि नदिने ध्येयले डोरी टाँगेर निषेधित क्षेत्र लेखेको छ ।

Dengue

संघीय संसद् भवन नयाँ बानेश्वरमा पनि पेटीमा हिँड्न रोक लगाइएको छ । संसद् भवनको दक्षिण र पश्चिमतर्फ पेटीबाट आवतजावत गर्न नमिल्ने बनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पनि सुरक्षा सतर्कता बढाइएको छ । बालुवाटारको उत्तर र पूर्वतर्फको पेटीमा प्रवेश निधेषको ब्यानर राखिएको छ ।

सोमबार सुरक्षा निकायको कमजोरीपछि लघुवित्तका ऋणीहरू संघीय संसद भवनभित्र पसेको निष्कर्ष निकालिएको थियो । घटनाबारे उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तीन वटै सुरक्षा निकायका आइजिपीहरूसँग सोधपुछ गरेका थिए ।

सोमबार मन्त्रालयमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआइजी दीपक थापा, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत,मन्त्रालयका सचिव, सहसचिवहरू राखेर गृहमन्त्री श्रेष्ठले अबदेखि यस्ता घटनामा कमीकमजोरी हुन नदिन निर्देशन दिँदै पेटीमा डोरी बाध्ने निर्देशन दिएका थिए । 

null
null
null
null
null
null
null
null
null
null
null
null
null
null
null
null
null

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार