प्रभु बैंकका नायब सिईओ मनोज न्यौपाने केन्द्रीय कार्यालयबाटै प्रकाउ

काठमाडौं  : ऋण प्रवाहमा अनियमितता भेटिएपछि प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको छ ।

प्रभुमा सेञ्चुरी गाभिनुअघि सेञ्चुरीमा ऋण प्रवाहमा अनियमितता भेटिएपछि उनलाई सिआइबीले पक्राउ गरेको हो।

उनी प्रभुमा सेञ्चुरी गाभिनुअघि सेञ्चुरीमा सिइओ थिए। सिआइबीका अनुसार न्यौपानेसहित चार जना प्रभुको केन्द्रीय कार्यालय बबरमहलबाट र पाँच जना कमलादी कार्यालयबाट पक्राउ परेका हुन्। सिआइबीको प्रारम्भिक अध्ययनमा न्यौपानेसहितका कर्मचारी दोषी देखिएपछि पक्राउ गरिएको हो।

सेञ्चुरीको कर्जा हिनामिना सम्बन्धमा थप अनुसन्धान गरिने सिआइबीले जनाएको छ। सेञ्चुरीको कर्जा बिग्रिएपछि प्रभुको निस्क्रिय कर्जा अनुपात (एनपिएल) ह्वात्तै बढेको छ।

त्यही कारण ६ महिनाभित्र हुनुपर्ने बैंकको साधारणसभासमेत हुन सकेको छैन। अहिले प्रभुको कर्जा फाइललाई सिआइबी र राष्ट्र बैंकले सूक्ष्म अध्ययन गरिरहेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार