१२ वर्षीया बालिकालाई पटक-पटक बलात्कार गर्ने प्रदिप प्रहरीको फन्दामा

गोरखा — १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आारेपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले चितवनको भरतपुर महानगरपालिका–१८ घर भइ काठमाडौ महानगरपालिका–४ वालुवाटार बस्ने ३२ वर्षिय प्रदिप लामा लोप्चनलाई पक्राउ गरेको हो । 

बालिकालाई विभिन्न प्रलोभन देखाइ फागुन २१ गते गोरखाको पालुङटार नगरपालिका–५ मा ल्याएर बलात्कार गरेको जाहेरीका आधारमा आरोपित पक्राउ परेका हुन् । फागुन १ गते देखि ६ गतेसम्म पटक-पटक जवरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र कालीमाटी काठमाडौंमा जाहेरी दिएका थिए ।

Dengue

काठमाडौबाट खटिएको प्रहरी टोलीलले फागुन १२ गते आरोपित लामालाई पक्राउ गरी साोमबार जाहेरी दरखास्तसहित जिल्ला प्रहरी कार्यालय गोरखा पठाएको छ । आरोपित विरुद्ध जवरजस्ती करणी कसुर शीर्षकमा जिल्ला अदालत गोरखामा मुद्दा दर्ता गरी हिरासतमा राख्न म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार