सशस्त्र प्रहरीको ब्यारेकमा आगो, हतियार जलेर खरानी

काठमाडौं : सशस्त्र प्रहरी बलको बारा,बरेनियास्थित बोर्डर आउटपोस्टमा आगलागी हुँदा हतियार नष्ट भएको छ ।

भारतीय सीमाना नजिकै भाडाको घरमा भएको आगलागीमा मानवीय क्षति भने हुन पाएन ।

Dengue

सशस्त्र स्रोतका अनुसार आगलागीमा ६ थान एसएलआर जलेको छ । टिनको छानो भएको उक्त घरमा बिजुली सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

हिजो साँझको आगलागीमा त्यहाँ तैनाथ कर्मचारीका सबै कपडा, खाद्यान्न पनि जलेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार