कञ्चनपुरको वडा कार्यालयभित्रै युवती मृत भेटिइन्

कञ्चनपुर : कञ्चनपुरको एक वडा कार्यालयभित्र युवती मृत अवस्थामा भेटिएकी छिन्।  जिल्लाको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिले घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको छ। मृत फेला परेकी ती युवती भीमदत्त नगरपालिकाका एक नगर प्रहरीकी श्रीमती रहेको खुलेको छ।

SHIKHAR COOL TECH

प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच र मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ। माइती पक्ष पुगेपछि शव पोष्टमार्टमका लागि लगिने प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार