इलाम- २ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचन वैशाख दोस्रो साता हुने

कैलाली : निर्वाचन आयोगले प्रतिनिधिसभा अन्तर्गत इलाम-२ र सूदुरपश्चिम प्रदेशसभा अन्तर्गत बझाङ-१ मा वैशाख दोस्रो साता उपनिर्वाचन गर्ने तयारी गरेको छ । निर्वाचनको मिति तय गर्ने आयोग पदाधिकारीको आइतबार बैठक बस्दैछ ।

वैशाखको १५ देखि २० गतेभित्र चुनाव गर्ने तयारी छ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मिति आयोगले नै तोक्ने व्यवस्था छ । त्यसैले आयोगले दोस्रो साता तय गर्न लागेको हो ।

Dengue

इलाम- २ मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ-१ मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दुर्घटनामा परी निधन भएको थियो ।

संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो ।

स्थानीय तहमा पनि दुई दर्जन स्थान खाली छन् । आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार