काठमाडौं : पूर्व राजा ज्ञानेन्द्र शाह परिवारका अन्य सदस्यहरुसहित काठमाडौं आएका छन्।
सोमबार पूर्व रानी कोमल शाहको ७३ औं जन्मोत्सव मनाएर १९ जनाको टोली हिजो काठमाडौं आएको हो।
बुद्ध एअरको उडानबाट हिजो दिउँसो साढे ४ बजे पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमलसहित पूर्व युवराज्ञी तथा बुहारी हिमानी, छोरीहरु प्रेरणा,सिताष्मा, कृतिका, श्रीनिवास राणा, सीता राणा र शीला राणा भरतपुर हुँदै काठमाडौं आएको बताइएको छ।
काठमाडौं फर्केको टोलीमा सागरप्रसाद तिमिल्सिना, राजेशबहादुर सिंह, स्मिता सिंह, जगदीश हमाल,हरिशरण थापा, कृष्णबहादुर गुरुङ, मोहनकुमारी गुरुङ,उजेली तामाङ, गीताकृष्ण खड्का र लक्ष्मी गुरुङ पनि छन्।





प्रतिक्रिया दिनुहोस्