जीतको खुसीयाली मनाउने क्रममा हृदयाघात, क्रिकेटरको निधन

भक्तराज जोशी

बैग्लुरु : बैंग्लुरुमा आयोजित एजिस साउथ जोन प्रतियोगितामा हृदयाघातका कारण कर्नाटकका पूर्व क्रिकेटर के होयसालाको ३४ वर्षको उमेरमा निधन भएको छ । यो घटना बिहीबारको हो ।

एजिस साउथ जोन प्रतियोगिताअन्तर्गत बिहीबार बैंग्लुरुको आरएसआई ग्राउन्डमा तमिलनाडु र कर्नाटकबिच खेल भएको थियो। यो खेलमा कर्नाटकको टोली विजयी भएको थियो । त्यसलगत्तै कर्नाटकका खेलाडीहरूले मैदानमा विजयको उत्सव मनाइरहेका बेला अचानक छाती दुखेपछि होयसाला मैदानमै बेहोस भए । तत्काल आकस्मिक उपचार गर्न डाक्टरहरू पुगेका थिए तर उनको शरीरले प्रतिक्रिया गर्न छोडेको थियो।

Dengue

त्यसपछि उनलाई थप उपचारका लागि एम्बुलेन्सबाट अस्पताल लगिएको थियो । जहाँ चिकित्सकले होयसालालाई मृत घोषणा गरेका थिए । मृत्युको कारण हृदयाघात भएको चिकित्सकहरूले बताएका छन् । 

कर्नाटक सरकारका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री दिनेश गुन्डु रावले सामाजिक सञ्जालमा शोक व्यक्त गर्दै भनेका छन्, ‘एजिस साउथ जोन टूर्नामेन्टका क्रममा कर्नाटकका क्रिकेटर फास्ट बलर के होयसालाको निधन भएकोमा दुःख लागेको छ। दुःखको यस घडीमा उहाँको परिवार र आफन्तजनमा मेरो हार्दिक समवेदना छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार