नेकपा एमाले कैलालीकाे अध्यक्षमा ढुंगाना विजयी

धनगढी- नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन्। पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना मुख्य प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन्।

शनिबार बिहान सम्पन्न मतगणनाअनुसार ढुंगानाले दुई सय ८७ मत प्राप्त गर्दा पाण्डेले दुई सय १८ मत ल्याए। अध्यक्षका प्रतिद्वन्द्वी दुर्गाप्रसाद जाेशीले ६३ मत मात्र पाए। उनी हालका कार्यवाहक अध्यक्षसमेत हुन्। अध्यक्षमा तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका थिए।

SHIKHAR COOL TECH

यस्तै, उपाध्यक्षमा पाण्डे प्यानलका लाेकेन्द्रबहादुर शाही पाँच मतले विजयी भएका छन्। उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दलबहादुर बिष्टले एक सय ८८ मत प्राप्त गरे। उपाध्यक्षका उम्मेदवार विष्णु चाैधरीले एक सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन्।

सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चाैधरी विजयी भएका छन्। चाैधरी दुई सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले एक सय ६८ मत मात्रै पाए।

सचिवकै अर्का उम्मेदवार दानबहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन्। उपसचिव (खुला) मा भने ढुंगाना प्यानलका चुडामणि भट्ट विजयी भएका छन्। भट्ट दुई सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए। यस्तै, अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरुङले ७१ मत पाए।

उपसचिव (महिला) मा गंगाकुमारी चाैधरी एक सय ९६ मतसहित विजयी भएकी छन्।उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले एक सय ६१, रत्ना कुँवर जाेशीले ९४ र अम्बिका विष्टले ९० मत पाए।

फागुन ६ गते सुरू भएकाे एमाले नवाैं अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएकाे थियाे। कुल पाँच सय ९१ प्रतिनिधि रहेकाेमा पाँच सय ७७ मत खसेकाे थियाे। आजै नै सदस्यकाे मतगणना हुने निर्वाचन कमिटीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार