भारतको कोइलाखानीमा पुरिएर ३ जनाको मृत्यु‚ २ जना सिकिस्त

भारत : भारतीय राज्य छत्तीसगढमा कोइलाखानीमा पुरिएर ३ जनाको मृत्यु भएको छ।

छत्तीसगढको कोरबा जिल्लामा रहेको एशियाकै सबैभन्दा ठूलो कोइलाखानी कोल इन्डियाको माटोमा पुरिएर ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा २ जना सिकिस्त घाइते भएका छन्। 

SHIKHAR COOL TECH

अवैध रूपमा कोइला उत्खनन गर्न बाम्हनी कोना गाउँका २ जना नाबालिगसहित ५ जनाको समूह पुगेको थियो। 

कोइला निकाल्ने क्रममा विस्फोट हुँदा माटोको ढिस्कोमा पाँचैजना पुरिएकोमा २ जनाको घटनास्थलमै मृत्यु भएको हो। बाँकी ३ जनाको प्रहरीको सहयोगमा उद्धार गरिए पनि उपचारका क्रममा एकजनाको ज्यान गएको हो।

खानीका कतिपय ठाउँमा सुरक्षा व्यवस्था फितलो हुँदा अवैध रूपमा कोइला निकाल्न अनेकौँ मानिस खानीभित्र पस्ने गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार