विश्वकप लिग-२ : नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हरायो !

काठमाडौं :  आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ। 

शुक्रबार त्रिवि मैदानमा भएको खेलमा नामिबियाले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४३.५ ओभरमा १७९ रनमा अलआउट भयो। 

Dengue

नेदरल्यान्ड्सका लागि म्याक्स ओ’डाउदले ४१ रन र नोआह क्रोइसले नटआउट ४६ रन जोडे पनि टिमले जित निकाल्न सकेन। 

नेदरल्यान्ड्सले नौ बलको अन्तरमा अन्तिम तीन विकेट गुमाएपछि नामिबियाले जित हात पारेको हो। नामिबियाका लागि अन्तिम दुई विकेट जान फ्राइलिंकले लिए। उनले ४४औं ओभरको दोस्रो र पाँचौ बलमा विकेट लिए। त्यसअघि स्कोल्जले ४३ ओभरको तेस्रो बलमा नामिबियाको आठौं विकेट लिए। 

फ्राइलिंकले तीन विकेट लिँदा स्कोल्जले दुई विकेट हात पारे। यस्तै कप्तान इरासमसले तीन विकेट लिएका थिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नामिबिया ४१.३ ओभरमा २०३ रनमा अलआउट भयो।‍

मैदान गिलो भएका कारण ४५ ओभरमा झारिएको खेलमा नामिबियाका लागि जान निकोलले रनआउट हुनुअघि ४९ रन जोडे। यस्तै मालन क्रुगरले ३९ रन  र जान फ्राइलिंकले ३४ रनको योगदान गरे।

बलिङमा नेदरल्यान्ड्सका भिभियन किंग्माले ३ विकेट लिए भने आर्यन दत्त र भान मार्वीले २-२ विकेट लिन सफल भए।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको यो सिरिजमा नामिबियाले आफ्ना चार मध्ये तीन खेलमा जित निकाल्यो। नामिबियाले नेपाललाई दुवै खेलमा हराएको थियो। यद्यपी नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा भने नामिबिया पराजित भएको थियो। 

सिरिजमा आइतबार नेपाल र नेदरल्यान्ड्सबीच अन्तिम खेल हुनेछ। नेपालले पहिलो खेलमा नेदरल्यान्ड्सलाई हराएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार