छोरीमाथि ‘कूदृष्टी’ राख्ने रिटायर्ड सई सफाई पछी जेलमुक्त, पीडित छोरी फैसलाविरुद्ध पुनरावेदन जाने

कैलाली : छोरीमाथि जबर्जस्ती करणीको प्रयासमा कारागार चलान भएका धनगढीका एक पूर्व प्रहरी अर्थात् रिटायर्ड सई जेलमुक्त भएका छन्।

जिल्ला अदालत कैलालीद्वारा पुर्पक्षका लागि कारागार चलान भएका अन्दाजी ५० वर्षीय पन्त थरी रिटायर्ड सईले सफाई पाएर जेलमुक्त भएका हुन्।

Dengue

अदालत स्रोतका अनुसार फागुन ८ गते न्यायाधीश प्रदीप कुमार उपाध्यायको इजलासले उनलाई सफाई दिएको हो। पीडित पक्षले भने आफूलाई नबुझिकन उनलाई सफाई दिएर जेलमुक्त गरेको आरोप लगाएको छ।

यस्तै उक्त मुद्दामा पीडित पक्षको सरकारी वकिलले पनि लापरबाही गरेको आरोप छ। अब पीडित पक्षले जिल्लाको फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारी गरिरहेको बताएको छ।

गत असोजमा जिल्ला प्रहरी कार्यालय कैलालीमा ती रिटायर्ड सईले करणी प्रयास गरेको भन्दै अन्दाजी २२ वर्षीय उनकै छोरीले उजुरी दिएकी थिइन्। त्यसपछि फरार रहेका उनलाई पक्राउ गरि जिल्ला अदालत कैलालीमा मुद्दा दर्ता गरिएको थियो। त्यसपछि उनलाई तीन महिना अगाडि कैलाली अदालतले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो।

काठमाडौंमा पढ्दै जागिर गर्ने ती युवती धनगढी (घर) आएकी थिइन्। सोही समयमा घर आएकी छोरीलाई पन्तले करणी प्रयास गरेको बताइएको थियो। घटना असोज १३ गते रातिको भएपनि आफ्ना बुवाविरुद्ध छोरीले करणी प्रयासको आरोपमा असोज १९ गते उजुरी दिएकी थिइन्।

अहिले पनि न्यायाधीशले पीडितलाई नबुझिकन पीडकलाई सफाई दिएकोमा पीडित पक्षका अधिवक्ताले संकास्पद मानेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

सम्बन्धित समाचार