काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । भर्खरै उनको निवेदन दर्ता भएको अदालत स्रोतले जानकारी दियो ।
सन्दीपले जिल्ला अदालतको फैसला बदरको माग गर्दै पुनरावेदन दिएका हुन् । बलात्कारको मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले दोषी ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो ।
निवेदन दर्तापछि सन्दीपलाई चैत १२ गते पहिलो तारेखका लागि बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्