लागुऔषधको अखेडा बन्दै कैलाली : विभिन्न स्थानबाट ४ जना पक्राउ

कैलाली : कैलाली लागुऔषधको अखेडा बन्दा विभिन्न स्थानबाट लागुऔषधसहित ४ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट ६८० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने ३९ वर्षीय सविन दाहाल र धनगढी उपमहानगरपालिका-१ बस्ने २६ वर्षीय विवेक गुप्तालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट मोटरसाउकल १ थान समेत प्रहरीले बरामद गरेको छ।

Dengue

यसैगरी कैलारी गाउँपालिका-३ शिवरत्नपुरस्थित जङगलबाट २ ग्राम २८० मिलिग्राम खैरो हेरोइनसहित सोही ठाउँ बस्ने ३० वर्षीय सिरन चौधरी र २६ वर्षीय देवान चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका चारै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार