सात दिन भित्र ललिता निवासको जग्गा खाली गर्न महानगरपालिकाको निर्देशन, अटेर गरे महानगरले हटाउने

काठमाडौं : काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवास क्षेत्रको सरकारी जमिन खाली गर्न सूचना जारी गरेको छ ।

महानगरपालिकाको ४ नम्बर वडामा पर्ने सो क्षेत्र ओगटेर बसेका व्यक्ति, कम्पनी र संघसंस्थालाई ७ दिन भित्र जग्गा खाली गर्न सूचना जारी भएको हो । महानगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा ललिता निवासको जग्गाबाट आफै हटेर सरकारी सम्पत्ति संरक्षणका लागि सहयोग गर्न अपिल गरिएको छ ।

Seti Hospital

विशेष अदालतको फैसला अनुसार विभिन्न संघ संस्था र व्यक्तिले आफ्नो नाममा ल्याएको बालुवाटारस्थित ललिता निवास क्षेत्रको जमिन सरकारका नाममा फिर्ता भएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका सरकारी, सामुदायिक तथा सार्वजनिक सम्पत्तिको रेखदेख, मर्मत सम्भार तथा अन्य प्रबन्ध गर्नुपर्ने कानूनी दायित्व महानगरपालिकालाई तोकेको उल्लेख गर्दै जग्गा खाली गर्न आग्रह गरेको हो ।

७ दिन भित्रमा सो क्षेत्रबाट नहटे प्रचलित कानून बमोजिम महानगरले आफै हटाउने जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार