महासमितिमा पेश भएका प्रतिवेदनमाथि आज प्रदेशगत छलफल हुदै

काठमाडौं : नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस भएका विभिन्न प्रतिवेदनमाथि आज छलफल हुने भएको छ । 

सोमबारबाट सुरु भएको महासमिति बैठकमा मंगलबार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत, महामन्त्री गगन थापाले संगठनात्मक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक राजनीतिक, प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थासम्बन्धी र श्याम घिमिरेले  लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गरेका थिए ।

Dengue

छलफलका लागि महासमिति प्रतिनिधिलाई प्रदेशगतरूपमा विभिन्न चार समूहमा विभाजन गरिएको कांग्रेसले जनाएको छ । 

गोदावरी सम्मेलन केन्द्रको विभिन्न हलमा प्रदेशगतरूपमा छलफल हुने गरि तयारी गरिएको छ । गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, विशंखु नारायण हलमा मधेस र कर्णली, फुलचोकी हलमा बागमती र गण्डकी, केन्ज्योसोम हलमा लुम्बिनी प्रदेशका साथै शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरूले प्रस्ताव मागि सुझाव दिन बैठक छलफल गर्नेछन् ।

त्यस्तै केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको छलफलमा सहभागी हुनेछन् ।

फागुन ७ गते सोमबारबाट शुरु भएको कांग्रेस महासमिति बैठक विभिन्न प्रस्ताव पारित गर्दै फागुन १० गते विहिबार टुंगिने तालिका रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार