ठगी आरोपमा वडाध्यक्ष सुवेदी पक्राउ

पोखरा : पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सुवेदीलाई ठगी आरोपमा आज साँझ पक्राउ गरेको हो ।

झुक्याएर एक महिलाको २ करोड बराबरको घर खाइदिएको आरोप उनीमाथि छ । आफू ठगीमा परेको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएपछि सुवेदीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Dengue

वडाध्यक्ष सुवेदी पोखरास्थित मित्रमिलन सहकारीको रकम अपचलन प्रकरणमा आजै जिल्ला अदालतमा ८ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

सहकारी ठगी प्रकरणमा गत मंसिरमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका सुवेदी आज आफै अदालतमा उपस्थित भएका थिए ।

सुवेदीलाई अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा छाड्ने आदेश गरेको थियो ।अदालतले मागेजति धरौटी बुझाएर बाहिर निस्किने बित्तिकै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सुवेदीलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।उनलाई बुधबार अदालत पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार