रास्वपा कर्णालीका सबै कमिटी र विभाग विघटन,अब के होला ?

कर्णाली : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशका सबै कमिटी र विभाग विघटन गरेको छ। आइतबार साँझ बसेको पार्टी सचिवालयको बैठकले कर्णाली प्रदेशका कमिटीहरु विघटन गरेको हो।

कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा तीन महिने कर्णाली विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए।

Dengue

अभियानमा संसद्‌मा कर्णालीका मुद्दाहरूलाई विशेष प्राथमिकताका साथ उठाउँदै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एवं कार्यक्रमहरूलाई व्यापक रूपमा अगाडि बढाउने निर्णय भएको उनले जानकारी दिए।

बैठकले विभागमा उपप्रमुख र सदस्यहरू पनि मनोनित गरेको छ। रास्वपाले केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको उपप्रमुखमा पवन देवकोटालाई मनोनित गरिएको जनाएको छ।

केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्यमा ज्ञानेन्द्र महतारा र केन्द्रीय विधेयक मन्थन विभागमा भोजराज क्वालिटीलाई सदस्य बनाइएको छ।

केन्द्रीय मानव अधिकार विभागको सदस्यमा गणेश पौडेल र केन्द्रीय संगठन विभागको सदस्यमा दीपक विश्वकर्मा थपिएको ढकालले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार