मलेसियामा बेपत्ता भएको छोरा खोजी दिन गोपीप्रसादको हारगुहार

धनगढी : रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली बेपत्ता भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–७ खैरेनी धादिङ निवासी गोपीप्रसाद पाण्डेको छोरा विनोदराज पाण्डे बेपत्ता भएका छन् । २०६२ सालमा मलेसियाको ‘गेदरउड इन्डस्ट्रिज’ कम्पनीमा गएका थिए ।

उनी यहाँ लामो समयदेखि सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको भन्दै त्यहाँस्थित नेपाली दूतावासले खोजी गरिदिन अनुरोध गरेको छ । उनलाई कसैले देखेमा वा भेटेमा दूतावासको सम्पर्क नम्बर ०१६२४७२७७७ वा मलेसियाको सम्पर्क व्यक्ति चोलाकान्त पंगेनीको सम्पर्क नम्बर ०१६२४४१४१५ मा सम्पर्क गरी जानकारी गराइदिन दूतावास अनुरोध गरेको छ ।

Seti Hospital

पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयौं नेपाली कामदार बेपत्ता हुने क्रम बढेको छ । दूतावासले हरेक हप्ताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइँ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेको त्यस्ता नेपाली परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन कल आउने गरेको दूतावासले जनाएको छ ।

मलेसिया पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट मलेसिया नेपाली कामदार हराएका हुन् । परिवारको सम्पर्कबाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय हुने गरेको भए पनि प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन् ।

वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेको आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुल सेवा विभागमार्फत खोजीकार्य हुने गरेको छ । विदेशी भूमिमा हराइरहेको कामदारको पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार