रौतहटमा कर्फ्यु लाग्यो

रौतहट : रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यु जारी भएको छ। जिल्ला प्रशासन कार्यालय, रौतहटका अनुसार शनिबार साँझ ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी भएको हो। 

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जारी गरेको विज्ञप्तिका अनुसार गत फागुन ३ गते सरस्वति मूर्ति विसर्जनको क्रममा भएको विवाद र झडपलाई लिएर आज फेरि झडपको स्थिति भएपछि कर्फ्यु जारी गरिएको हो। 

Dengue

सर्वसाधरणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम र शान्ति भंग हुनसक्ने स्थिति देखिएपछि कर्फ्यु जारी गरिएको रेग्मीले बताए। 

ईशनाथको पूर्वमा जोकहा गाउँ, पश्मिमा सानो जोकहा गाउँ, उत्तरमा रामपुरखाप एपीएफ बीओपी र दक्षिणमा जयनगर प्रहरी चौकीसम्म कर्फ्यु जारी हुने प्रशासनले जानकारी गराएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार