भारतमा किसान आन्दोलनः हृदयघातका कारण प्रदर्शनस्थलमै किसानको मृत्यु

धनगढी : पञ्जाब र हरियाणाको शम्भु सीमामा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ ।

बीबीसीका अनुसार प्रदर्शनस्थलमा मृत्यु भएका किसानको नाम ज्ञान सिंह हो।हृदयघातको कारण ज्ञानको मृत्यु भएको राजिन्दर अस्पताल पटियालाका इन्चार्ज डा. हरनाम सिंहले बताए ।

Dengue

किसान नेता सर्वन सिंह पन्धेरका अनुसार मृतक मजदूर संघर्ष समिति पञ्जाबमा आबद्ध थिए ।

शम्भु सीमामा किसानको प्रदर्शनको शुक्रबार चौथो दिन हो । बिहिबार राति किसान नेता र केन्द्र सरकारका मन्त्रीहरूबीचको वार्तामा कुनै समाधान हुन सकेन ।

शम्भु सीमामा किसान र सुरक्षाकर्मीबीच पटक पटक झडप भएको छ । किसानलाई रोक्न सुरक्षा बलले अश्रुग्यास समेत प्रहार गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार