नामिबियाविरूद्ध नेपालको खराब सुरूवात

धनगढी : इसिसी विश्वकप क्रिकेट लिग-२ को पहिलो त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरूद्ध खराब सुरूवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा पहिले ब्याटिङ गरिरहेको नेपालले चार ओभरभित्र तीन विकेट गुमाइसकेको छ।

Dengue

खेलमा नेपालले पहिलो बलमै विकेट गुमायो। नेपालका कुशल भुर्तेललाई नामिबियाका रुबेन ट्रम्पलम्यानले स्लिपमा जेजे स्मिथबाट क्याच गराएका छन्।

कुशल इनिङकै पहिलो बलमा आउट हुँदा रोयल डक हुँदा ब्याटिङमा आएका अनिल साह पनि ८ रनमै आउट भएका छन्। उनी पनि ट्रम्पलम्याचनकै एलबिडब्लूको धरापमा परे। २.१ आउट हुनुअघि उनले ६ बलमा २ चौका हिर्काएका थिए। चौथो ओभरमा आसिफ शेख पनि ४ रनमै आउट भए। आसिफलाई ज्याक ब्रासेलले जेजे स्मिथबाटै क्याच गराए।

नेपालले ३.५ ओभरमा ३ विकेट गुमाउँदा १३ रन जोडेको स्थिति थियो।

नेपाली टिम : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, भीम सार्की, पवन सर्राफ, सोमपाल कामी, करण केसी, ललित राजवंशी, अनिल साह र गुल्सन झा।

आरिफ शेख, सूर्य तामाङ र देव खनाल बेन्चमा छन्। युएईमा रहेका दीपेन्द्रसिंह ऐरीले आजको खेल गुमाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार